हर्क साम्पाङले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको पत्रको भाषा शैली अमर्यादित भन्दै चर्चा

समाचारदाता :  गोपाल पौडेल

२०८२ साउन ०८ गते ।

धराने मिडिया : धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा फिर्ताका लागि स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् । तर, उनले लेखेको पत्रको भाषा शैली अमर्यादित भन्दै चर्चा चलिरहेको छ ।

अनेक किसिमका कार्यशैली र बोल्ने शैलीका कारण चर्चामा आइरहने धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले स्वास्थ्य मन्त्रालयलाई बुधबार पठाएको पत्र मन्त्रालयमा दर्ता नहुँदै खैलाबैला मच्चिएको हो। 

हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्रमै लेखे - "छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलङ्घारले दलालीमा भूलेर बिपी अस्पताललाई दिइपठाएछ फिर्ता गरिदिनु।"

जतिसुकै ठूलो विवाद भए पनि औपचारिकरुपमा पत्राचार गर्दा शिष्ट भाषा प्रयोग गर्नु संसार भरिकै प्रचलन हो । तर, त्यो प्रचलनलाई तोड्दै मेयर राईले कुलङ्घारले दलालीमा भुलेर भन्ने शब्द प्रयोग गरेका कारण त्यो पत्र भाइरल भएको छ।

harka sampang1