सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाईते

समाचारदाता :  गोपाल पौडेल

२०८२ साउन ०८ गते ।

धराने मिडिया : मोरङको लेटाङ नगरपालिका-५ स्थित मदनभण्डारी लोक मार्गमा सिटि सफारी अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

साउन ६ गते दिउँसो ON TEST सिटि सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटि चालक लेटाङ-४ का ३९ बर्षीय भिषण राई, सिटिमा सवार ३२ बर्षीय जनम तामाङ, सुनसरी बराहक्षेत्रका २२ बर्षीत संदेश राई र ३० बर्षीय क्षितिज राई घाईते भएकोमा उपचारको क्रममा जनम तामाङको बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो भने सिटि चालकलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।