राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल धरानको सुनिता श्रेष्ठ अध्यक्षतामा कमिटी गठन
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन ०८ गते ।
धराने मिडिया : राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशको संयोजकत्वमा आयोजना गरिएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल धरान उपमहानगरपालिका कमिटीको पुर्णगठनमा सुनिता श्रेष्ठको अध्यक्षतामा सात सदस्य कमिटी गठन गरिएको छ।
विहिबार धरान-१० स्थित पुतली लाईनमा अध्यक्ष सुनिता श्रेष्ठ सहित रिता खापुङ उपाध्यक्ष, सपना बुढाथोकी सचिव, मन्जु खड्की सहसचिव, रविना श्रेष्ठ तामाङ कोषाध्यक्ष, सदस्यहरुमा भुमिका विक, सपना श्रेष्ठ र सल्लाकारमा नरमाया तामाङ चयन भएका हुन।
सौन्दर्य र मोडलिङ क्ष्रेत्रमा पनि सक्रिय भएको कारणले आफु यस संस्थाको अध्यक्षमा चयन भएको श्रेष्ठले बताइन।
सुनिता कलेक्सन र सुनि ब्यूटी पार्लरकी संचालक समेत रहेकी युवाहरु माझमा अत्यन्तै लोकप्रिय, समाजसेवानै आफ्नो जिवनको सुन्दर पक्ष हो भनेर रमाउन सक्ने, सफल व्यावसायी साथै सामाजिक अभियान्ता सुनिता श्रेष्ठ युवाहरूलाई सहयोग र समर्थनलागि सधै तयार रहेको बताइन।
विगत लामो समय देखि समाजसेवामा सक्रिय रहेकी सुनिता श्रेष्ठ हाल महिला सिप विकास केन्द्र धरानको अध्यक्ष, नमस्ते नेपाल संस्था कोशी प्रदेश्को संयोजक, लायनस क्यापेबल धरानको प्रेशिडेट, जेसिस धरानको भाइस प्रेशिडेट, आदिवासी जनजाति युवा महासंघ धरानको उपाध्यक्ष इत्यादि संघ संस्थामा समेत आबद्ध रहेकी छिन।