बसको ठक्करबाट साईकल यात्री सोम बहादुर विश्वकर्माको मृत्यु
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन १२ गते ।
धराने मिडिया : झापाको दमक नगरपालिका- ४ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट १ जना साईकल यात्रीको मृत्यु भएको छ ।
साउन १० गते बिहान पौने ७ बजे उर्लाबारीबाट दमकतर्फ आउदै गरेको प्रदेश न.१-०१-००१ ख ४३६३ नम्बरको यात्रु बाहक बसले दमकबाट ताराबारीतर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा घाईते भएका दमक नगरपालिका- ४ का ६० बर्षीय सोम बहादुर विश्वकर्माको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न ठक्कर दिने बस र चालक मकवानपुर हेटौडाका ४७ बर्षीय राजेन्द्र गौतमलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।