ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु

समाचारदाता :  गोपाल पौडेल

ताप्लेजुङ, २०८२ साउन १३ गते ।

धराने मिडिया : ताप्लेजुङको फुङलिङ नगरपालिका- ११ स्थितमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

साउन ११ गते बिहान पौने १० बजे फुङलिङबाट फावाखोला तर्फ जादै गरेको मे. १ ज ३२९६ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई सडकबाट करिब ६० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएकी सोहि स्थानकी २८ बर्षीया भावना विश्वकर्मालाई  उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने चालक ३३ बर्षीय सविन बिष्टको बिर्ता सिटि अस्पताल झापामा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।