प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

समाचारदाता :  गोपाल पौडेल

२०८२ साउन १६ गते ।

धराने मिडिया : झापाको भद्रपुर नगरपालिका-३ स्थितबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन्।

साउन १४ गते प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे. ६ प २५८२ नम्बरको मोटरसाईकल चालक हल्दिवारी-२ का २३ बर्षीय राजिब कुमार राजवंशीलाई ब्राउन सुगर १ ग्राम ४४ मिलिग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर