मिसेस धरान आइकोन एण्ड मिस धरान सुपर आइकोनको पहिलो अडिसन सम्पन्न
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन १७ गते ।
धराने मिडिया : एल.एन.सि मोडेल एजेन्सी प्रा.लि द्वारा आयोजित मिसेस धरान आइकोन सिजन -२ एण्ड मिस धरान सुपर आइकोन सिजन-१ को पहिलो अडिसन सम्पन्न भएको छ।
श्रावन १७ गते शनिबार धरान-८ साम्पङ चोक स्थित दि धरान क्याफे एण्ड रेस्ट्रोमा पहिलो अडिसन सम्पन्न भएको थियो ।
अडिसनमा मिसेस तर्फ विवाहित, डिभ्रोस र एक्कल महिलाको सहभागी र उमेर २० देखि ४५ वर्ष मापदण्ड राखिएको थियो भने मिस तर्फ अविवाहित महिलाहरु रहेका थिए र सोही अनुसार अडिसनमा जम्मा २७ जनाको सहभागी रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा न ८ का वडा अध्यक्ष धन बहादुर राईले शुभकामना दिदै आयोजक टोलिलाई धन्यवाद दिएका थिए। यस्ता कार्यक्रमले महिलाहरुको क्षमता वृद्धि हुने उनले बताएका थिए।
अडिसनमा सहभागीहरुले नित्य, गाना र विभिन्न अन्य आफ्ना कलाहरु प्रस्तुत गरेका थिए। हरेक सहभागी प्रतियोगीलाई १ देखि २ मिनेट समय उपलब्ध गराइएको थियो। यस समयमा उनिहरुले आफ्नो परिचय र निर्णायकहरुको सोधिएको प्रश्नको उत्तर दिएका थिए।
त्यस्तै गरि कार्यक्रममा शुभकामना मन्तव्य दिदै एल एन सि मोडेल एजेन्सी प्रा.लि का सि.ई.ओ दिपक गिरिले उक्त कार्यक्रम समापन गरेका थिए। उनले सहभागी हुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै यहि आउने शनिबार श्रावन २४ गते दोस्रो अडिसन हुने पनि जानकारी दिएका थिए ।
कार्यक्रम मिस एसइइ धरान २०२५ कि फोटोजेनिक विजेता पुजा लिम्बुले संचालन गरेका थिए भने निर्णायकमा सामाजिक अभियानता मुना राई, आसरा सुधार केन्द्र प्रथम महिला शिला बज्रचार्य, मिसेस स्टेट २०२५ प्रथम रनरअप ममता शाह, ट्रेजरल रोजि ताम्राकार र भागिमाया लिम्बु रहेका थिए ।