सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधिमा १० वर्ष पुर्याउने
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन १८ गते ।
धराने मिडिया : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याइएकाे छ ।
अबदेखि लाइसेन्सको नवीकरण गर्दा पनि १० वर्षको अवधि कायम रहनेछ । राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले नेपाल ऐन संशोधन विधेयक सार्वजनिक गर्दै सवारी चालक अनुमतिपत्रको अवधि ५ वर्षबाट बढाएर १० वर्ष राख्ने निर्णय गरेको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।
नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिन सकिनेछ।