आरम्भ स्काउट दलले एक रात दुई दिने क्याम्प सम्पन्न

समाचारदाता : सुर्य कुमार सुनुवार

२०८२ साउन १९  गते ।

धराने मिडिया : आरम्भ विद्या मन्दिरको प्रांगणमा आरम्भ स्काउट दलले एक रात दुई दिने क्याम्प श्रावण १६ र १७ गते आयोजना गरी सम्पन्न गरेको छ ।

कार्यक्रममा रामधुनी नगर उपप्रमुख तारा थापा, रामधुनी वडा नं. १ का वडाध्यक्ष महेश चौधरी, समाजसेवी पुष्प भट्टराई, बराहक्षेत्र स्थानीय प्रमुख आयुक्त चेतनाथ भट्टराई, धरान स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरे, ग्रामथान स्थानीय प्रमुख आयुक्त संजना कुमारी माझी लगायत अन्य अतिथिहरुको उपस्थिती रहेको थियो ।

WhatsApp Image 2025-08-04 at 6.25.23 PM (3)

उक्त क्याम्पमा ९६ स्काउटका विद्यार्थीहरु दीक्षित भएका थिए ।  क्याम्पमा दीक्षान्तका साथै १७ वटा स्काउटका साहसिक र मनोरन्जनात्मक क्रियाकलापहरु गराईएको थियो ।

उनीहरुलाई प्राथमिक उपचार र किचन फायर सेफ्टी जस्ता आवश्यक कक्षा पनि सञ्चालन गरिएको थियो । 

विद्यार्थीलाई अध्ययनसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा अग्रसर हुन, स्काउटजस्तो चरित्र निर्माणमा केन्द्रित संस्थाबाट युवाहरूले राष्ट्रिय चेतना र सेवाभाव सिक्ने अवसर पाउँछन् भन्ने रामधुनी नगरपालिकाका उपप्रमुख तारा थापा विश्वास व्यक्त गर्नुभयो ।

WhatsApp Image 2025-08-04 at 6.25.23 PM (2)

विद्यालयमा यस्ता क्याम्पको आयोजनाले विद्यार्थीहरुको नया नया ज्ञान, सिपको विकास हुने विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद बराज्यूले बताउनु भयो ।

उक्त क्याम्पको क्रियाकलापहरु डङ्ग्राही पोखरीको आसपास मा बनाईको थियो । सो क्रियाकलापहरुले विद्यार्थीमा नया जोश र उर्जा थपेको क्याम्पका एक्टिभिटिज कोर्डिनेटर स्काउटर आशिष चापागाईले बताउनु भयो ।

कार्यक्रमको सञ्चालन स्काउटर हरि रायमाझिले गर्नु भएको थियो । 

WhatsApp Image 2025-08-04 at 6.25.23 PM (1)WhatsApp Image 2025-08-04 at 6.25.23 PM