धरान-१५ स्थितबाट लागूऔषध सहित २ जना पक्राउ

समाचारदाता :  गोपाल पौडेल

२०८२ साउन १९ गते ।

धराने मिडिया : सुनसरीको धरान उपमहानगरपालिका १५ स्थितबाट लागूऔषध तथा नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय हेम बहादुर तामाङ र धनकुटा घर भई धरान उप-महानगरपालिका १६ बस्ने २८ बर्षीय मिलन थापा रहेका छन् ।

राती साँढे ८ बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ट्रामोल २९१० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिन २९५० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर