साउन २५ गतेदेखि भाद्र १ गतेसम्म गाईजात्रा, लाखे नाच र रथयात्रा हुने

समाचारदाता : गोपाल पौडेल 

२०८२ साउन २२ गते ।

धराने मिडिया : धरान उपमहानगरपालिका-३ नं. वडा कार्यलयको संरक्षणमा साउन २५ गतेदेखि भाद्र १ गतेसम्म ९ दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रम गाईजात्रा, लाखे नाच, कृष्ण जन्माष्टमी, रथयात्रा हुने भएको छ ।

नेपाल खड्गी सेवा समितिका अध्यक्ष मनिष खड्गीका अनुसार साउन २५ गतेदेखि २९ गतेसम्म भव्यताका साथ पृथकढंगले गाईजात्रा मनाउने तयारी भइरहेको छ । गाईयात्रा नेवारी समुदायले मनाउने भएपनि सम्पुर्ण जातजातिको पर्र्व भएको सन्देश प्रवाह गर्दे मनाइने समाजका अध्यक्ष मनिष खड्गीले बताए।

Manish KhadgiNiraj Masky

राणाकालीन मन्त्री चन्द्र शमशेरले बसाएको धरानको पुरानो चन्द्रपुर बजारको ऐतिहासिकतालाई उजागर गर्दै नेवारी सँस्कृतिलाई जीवनन्ता दिन र धरान ३ लाई साँस्कृति वडाको रुपमा विकास गर्न वडा समितिले नै साउन ३०, ३१ र भदौ १ गते तीनदिने चन्द्रपुर जात्रा उत्सवको आयोजना गर्न लागेको हो ।

वि.सं. २०१९ सालदेखि हालसम्म गाईजात्रा पर्वलाई जिवन्त राख्न खड्गी समाजले नेतृत्वदायी भूमिका खेलेको छ ।

विगतमा मल्लकालीन शासक प्रताप मल्लले सुरु गरेको मानिने यो पर्वलाई धरानमा पनि परापूर्वकालदेखि मनाउँदै आइएको हो ।

Bidhya ShakyaWhatsApp Image 2025-08-07 at 4.52.19 PM (2)