नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन २२ गते ।
धराने मिडिया : सुनसरीको कोशी गाँउपालिका-८ स्थितबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका-१ का २५ बर्षीय राजेश चमार रजक र हनुमान कंकालिनी गाउँपालिका-२ का २५ बर्षीय राजेश कुमार रजक रहेका छन ।
साउन १९ गते राती इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लु. ९२ प २३८० नम्बरको मोटरसाईकल पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान बरामद गरे संगै मोटरसाईकल चालक राजेश कुमार रजक समेतलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।