धरान- ६ का २७ बर्षीय सहित लागू औषधमा ६ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन २३ गते ।
धराने मिडिया : मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साउन २१ गते मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे-१० का २२ बर्षीय अब्राहम राई र २६ बर्षीय युकेश राईलाई ट्रामाडोल ५९ चक्की सहित र प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- ६ का ३३ बर्षीय प्रेम दाहाल र २२ बर्षीय निसान माझीलाई डायक्लोमाईन र ट्रामाडोल गरी जम्मा ३४९ चक्की सहित पक्राउ गरेको छ ।
त्यसै गरी प्रहरी चौकी पानबारी सुनसरीले धरान- ६ का २७ बर्षीय चेतनाथ खड्कालाई ट्रामाडोल ९४ क्याप्सुल र डिकोलिक ९५ ट्याब्लेट सहित र प्रहरी बिट आम्बासी उदयपुरले बेलका नगरपालिका- ३ का ३५ बर्षीय शुनिल श्रेष्ठलाई ९ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर