धरान- ५ बाट २४ बर्षीय एक युवा सहित लागू औषधमा ११ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल 

२०८२ साउन २६ गते ।

धराने मिडिया : झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ११ जना पक्राउ छन् ।

साउन २५ गते झापा मेचीनगर नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सोहि स्थानका २३ बर्षीय संयोग चौधरी, २३ बर्षीया सुकमाया राई र ३१ बर्षीय दिलिप लिम्बुलाई २ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित र मेचीनगर- ७ का ५६ बर्षीय टिकाराम कोईरालालाई १७५ ग्राम ३१० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी घोडामाराले भद्रपुर नगरपालिका- ५ का ३० बर्षीय सन्तोष श्रेष्ठ र उनको श्रीमती २९ बर्षीया लक्ष्मी राजवंशीलाई २ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । 

त्यस्तै सुनसरीको इनरूवा नगरपालिका- ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले इटहरी- ५ का ५३ बर्षीय विशाल माझी र २५ बर्षीय सचिन लिम्बुलाई २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीले धरान- ५ बाट २४ बर्षीय आशिष राईलाई निषेधित औषधी ६३८ ट्याब्लेट र क्याप्सुल सहित  नियन्त्रणमा लिएको हो ।

त्यस्तै बराहक्षेत्र नगरपालिका- ११ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनको प्रहरी टोलीले सोहि स्थानका ५० बर्षीय मुस्ताक मिया र बराहक्षेत्र नगरपालिका- ६ का ४८ बर्षीय बल्ले भन्ने बलराम यादवलाई ७८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको आवश्यक थप अनुशन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर