धरान सम्भावनाको खानी भएर पनि धरानले लाभ लिन नसकेको छैन - मुख्यमन्त्री हिक्मत कुमार कार्की

समाचारदाता : गोपाल पौडेल 

२०८२ साउन २७ गते ।

धराने मिडिया : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरान सम्भावनाको खानी भएर पनि धरानले लाभ लिन नसकेको बताउनुभएको छ।

धरानमा सुनसरी उद्योग वाणिज्य महासंघको पदस्थापन समारोह लाई सम्बोधन गर्दै उहाँले धरानलाई उच्च व्यवस्थापकीय क्षमताका साथ अगाडि बढाउन सके धरानले फड्को मार्न सक्ने बताउनुभयो।

उहाँले धरान पर्यटन र व्यापारको हिसाबले गेटवे भएको चर्चा गर्दै  यसलाई ध्यान दिएर यहाँको पर्यटन र धार्मिक क्षेत्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले धरानको खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले पहल गरिरहेको चर्चा गर्दै यसका लागि केन्द्रीय सरकारसँग पनि पहल गरेको जानकारी दिनुभयो।

उहाँले प्रदेश सरकारकै तर्फबाट पनि केही दिनभित्रै चारवटा बोरिङ मार्फत खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो।

Hikmat Kumar Karki

आफू प्रदेशको मुख्यमन्त्री तथा अर्थमन्त्री भएको बेला धरानको खानेपानीलाई विशेष प्राथमिकता दिएर काम गरेको र केही दिनभित्रै यसको परिणाम देखिने उल्लेख गर्नुभयो ।

गठबन्धन सरकार बनेसँगै पछिल्लो समयमा  सन्देशहरु देखिन थालेको बताउनुभयो। उहाँले दुईदलीय सरकार बनेसँगै आर्थिक र विकासका क्षेत्रमा भएको बताउनुभयो।

यो वर्ष मात्रै गठबन्धन भएपछि २५% राजस्व वृद्धि भएको चर्चा गर्दै निर्यात प्रवर्धन पनि ८३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्नुभयो।

यो सरकार आएसँगै मौद्रिक नीति समयमै ल्याउने र व्यवसाय मैत्री बनाउने काम गरिएकाले पनि सकारात्मक दिशातर्फ आर्थिक प्रगति देखिएको बताउनुभयो।

पछिल्लो समयमा नकारात्मक कुरालाई जोड दिने परिपाटीले समाज सही ढंगले अगाडि बढ्न नसकेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले समाजलाई सही ढंगले अगाडि बढाउनका लागि पनि नकारात्मक विषयलाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

WhatsApp Image 2025-08-12 at 9.18.08 AM

उहाँले प्रदेश सरकारले आफ्ना सीमित अधिकार क्षेत्रभित्र रहेर काम गरिरहेको चर्चा गर्दै यसका अधिकार क्षेत्रहरु बढ्दै जाँदा काम कामले गति लिने बताउनुभयो।

सरकारले आफ्नो सीमित स्रोत र साधनका बीच काम गरिरहेको उल्लेख गर्नुभयो।उहाँले धरान धरानको विकास र समृद्धिको विषयमा बढी जोड दिनुभयो।

धरानले राजनीतिक नेतृत्व पनि पाएको चर्चा गर्दै मनमोहन अधिकारी जस्ता आदर्श व्यक्तिहरू धरानबाट निर्वाचित भएर जानुभएकाले धरानले राजनीतिक हिसाबले पनि अगाडि बढ्न मौका पाएको वताउनुभयो।

मुख्यमन्त्री कार्की धरानका विभिन्न कार्यक्रममा आज सहभागी हुनुभएको थियो। नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलको उहाँले अवलोकन गर्नुभएको थियो।