जुनियर मिस्टर एण्ड मिस धरान आइडलको ट्यालेट शो सम्पन्न

समाचारदाता : गोपाल पौडेल 

२०८२ साउन २७ गते ।

धराने मिडिया : होप धरानद्वारा आयोजित जुनियर मिस्टर एण्ड मिस धरान आइडलको ट्यालेट शो सम्पन्न भएको छ।

धरान -७ स्थित सिधि नेवा परिसरमा रहेको सभाहलमा मंगलबार ट्यालेन्ट शो संपन्न भएको थियो ।

ट्यालेन्ट शोमा सहभागि ३० जना बालबालिका प्रतिश्पर्धिहरुले आफुमा भएको प्रतिभा निर्णायकहरु माझ प्रस्तुत गरेका थिए । सहभागि प्रतिश्पर्धिहरुले आफ्नो क्षमता अनुसार गायन, नृत्य तथा वत्तित्वकला प्रस्तुत गरेका थिए ।

WhatsApp Image 2025-08-12 at 7.10.23 PM (4)WhatsApp Image 2025-08-12 at 7.10.23 PM (3)WhatsApp Image 2025-08-12 at 7.10.23 PM (2)

ट्यालेन्ट शोमा निर्णायकको रुपमा मिस सुनसरी एसइइ २०२३ कि मिस ट्यालेट विजेता रिया विश्वकर्मा, याक्थुङ चलचित्र कर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो, राष्टिय कलाकार अम्बिका दवाडि, राष्टिय गायक सुरज भुजेल र नित्य कोरियोग्राफर सानुराजा थेगिम रहेका थिए ।

कार्यक्रम सञ्चालन राहिल गिरिले गर्नु भएको थियो।

WhatsApp Image 2025-08-12 at 6.14.15 PMWhatsApp Image 2025-08-12 at 6.14.00 PM

WhatsApp Image 2025-08-12 at 6.13.44 PM

मंगलबार संपन्न ट्यालेन्ट शोको नतिजा खामवन्दि गरेर आयोजकलाई वुझाएको र निर्णायकको निर्णय रहेको खामको शिल यहि भदौँ १६ गते हुने ग्राण्ड फिनालेको दिन निर्णायहरुको उपस्थितिमा खोलिने आयोजकले जानकारी दिएका छन।

बालबालिकाहरुको क्षमता अभिवृद्धि तथा प्रदर्शन गर्ने उद्धेश्यले होप धरानको आयोजनामा हुदैँ गरेको जुनियर मिस्टर एण्ड मिस धरान आइडलको सहभागिहरुलाई कोरियोग्रफर उमेश खड्काले प्रशिक्षण गराइरहेका छन ।

उनिहरुलाई धरान-७ बुध्द मार्ग स्थित होप धरानको कार्यक्रम हलमा स्टेज प्रस्तुतिका लागि प्रशिक्षण गराइरहेको छ ।

WhatsApp Image 2025-08-12 at 7.10.23 PMWhatsApp Image 2025-08-12 at 7.10.23 PM (1)WhatsApp Image 2025-08-12 at 6.13.19 PMWhatsApp Image 2025-08-12 at 6.14.07 PMWhatsApp Image 2025-08-12 at 6.14.12 PMWhatsApp Image 2025-08-12 at 6.14.10 PM