टिजरबाटै चलचित्र "जारी-२" को चर्चा सुरु
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन २८ गते ।
धराने मिडिया : प्रतीक्षित फिल्म ‘जारी २’को टिजर सार्वजनिक भएको छ । निर्माताले सोमबार टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तु, मनोविज्ञान र चरित्र चित्रणको संक्षिप्त खुलासा प्रयास गरेका छन् ।
लिम्बु समुदायको परम्परागत र मौलिक बाजा च्याम्ब्रुङ नाचलाई केन्द्रमा राखेर फिल्मको कथा भनिएको छ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बरालको शीर्ष भूमिका रहेको छ। फिल्म यही वर्षको दसैँमा रिलिज गरिने समेत सार्वजनिक टिजरमा उल्लेख गरिएको छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म फिल्मलाई रामबाबु गुरूङ, मधु मिजार र जीवन गुरूङले निर्माण गरेका हुन्।
२०८० को ब्लकबस्टर फिल्म जारीको सिक्वेल 'जारी २' दर्शकमाझ प्रतिक्षित फिल्म हो। कवी उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।