छैठौं लाखे नाचको प्रदर्शनी भानुचौकमा हुने

समाचारदाता : गोपाल पौडेल 

२०८२ साउन २८ गते ।

धराने मिडिया : नेवा: देय् दबु धरानले भोली बिहीबार भानुचौकमा छैटौँ बृहत् लाखे नाच प्रदर्शन गर्ने भएको छ ।

लाखेनाच जात्राको प्रर्वद्धन गर्ने उद्देश्यले भोली (बिहिबार) धरानको भानुचोकमा वृहत खुल्ला लाखेनाच प्रर्दशनी एवं प्रतियोगिता हुने भएको हो ।

आज (बुधबार) धरान–१६ स्थित हारती अजिमा मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले प्रदर्शनीलाई व्यवस्थित र मर्यादित बनाउन सबै लाखेनाच संस्था तथा समूहसँग सहकार्य गरिएको जानकारी दिएको छ।

WhatsApp Image 2025-08-13 at 7.43.40 PM

दबूका अध्यक्ष मनोहर शाक्यले दिउँसो साढे ४ बजेदेखि भानुचोकमा लाखेनाच प्रर्दशनी शुरु हुने बताए । यो बर्ष पनि १५ भन्दा बढी लाखेनाच सहभागी हुने अपेक्षा गरिएको उनले बताए ।

प्रर्दशन प्रतियोगितामा प्रथम उत्कृष्ट हुनेलाई रु १५,०००, दित्तिय उत्कृष्टलाई १०,०००, तृतिय उत्कृष्टलाई ५००० पुरस्कार प्रदान गरिनेछ ।  

यस वर्षको लाखेजात्रा नेपाल सम्बत ११४५ गुलाध्व पञ्चमी (साउन १३)का दिन सिंहदेवीको प्राङ्गणबाट विधिवत् अनुष्ठानसहित सुरु भएको थियो ।