सैनिक भवनमा खस समाजद्वारा तिज विशेष कार्यक्रम आयोजना हुने

समाचारदाता : गोपाल पौडेल 

२०८२ साउन २९ गते ।

धराने मिडिया : खस समाज प्रतिष्ठान नेपाल धरान नगर समितिले भदौ ६ गते सैनिक भवनमा तिज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

बुधबार धरान-१२ स्थित खस समाज प्रतिष्ठान नेपालको कार्यालयमा बासेको बैठकले उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

बैठकमा धरान-१० स्थित सैनिक भवन यस वर्षको तिज विषेश कार्यक्रम आयोजना गर्ने निर्णय भएको हो। सम्पुर्ण धरानमा रहनु भएका खस नारीहरुलाई सहज हुने भएकोले यो स्थित तोकिएको हो।

गत वर्ष धरान-१७ स्थित रेल्वेमा खस समाज प्रतिष्ठानले तिज विषेश कार्यक्रम आयोजना गरेको थियो।

हरेक वर्ष खस समाज प्रतिष्ठान नेपालको केन्द्रिय कार्यलयले आयोजना गर्दै आएको यस तिज विषेश कार्यक्रम यस वर्ष भने खस समाज प्रतिष्ठान नेपाल धरान नगर समितिका जिम्मा दिएको नगर उपाध्यक्ष खगेन्द्र कुवरले जानकारी दिएका छन।

WhatsApp Image 2025-08-14 at 4.24.56 PM

गत वर्षको तिज विशेष कार्यक्रममा ७०० देखि ८०० महिलाहरुको सहभागिता रहेको थियो भने यस वर्ष १००० माथिको उपस्थिति रहने उनले बताए।

यस तिज विषेश कार्यक्रममा सहभागिबाट कुनै पनि शुल्क नलिएको र कार्य समितिबाट सम्पुर्णले स्वेच्छाले सहयोग गरेको पनि उनले बताए। 

कार्यक्रम शुक्रबार धरान -१० स्थित सैनिक भबनमा बिहान ८ बजे बाट दिउसो ५ बजे सम्म संञ्चालन हुनेछ। 

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ।

तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो।

त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिन्छ।