इटहरीबाट प्रतिबन्धित लागू औषध सहित पक्राउ

समाचारदाता : गोपाल पौडेल 

२०८२ साउन ३० गते ।

धराने मिडिया : सुनसरी र झापाबाट साउन २८ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको प्रहरी चौकी खनारबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले  इटहरी उप-महानगरपालिका-११ स्थितबाट सुन्दरहरैचा-७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी -११ का १८ बर्षीय करण राई,  इटहरी-१४ का २२ वर्षिय कोरुजित सरदार, सिरहा का २४ वर्षीय होम मुखियालाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १ हजार २ सय ६० क्याप्सुल र डीकोलिक ५ सय १० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरी बिट मेचीपुल झापाको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ का २१ वर्षीय बिमल विश्वकर्मालाई २ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय कुमरखोदले प्रतिबन्धित लागू औषध WINSPASMD FORTE- ४२ ट्याब्लेट सहित भारत बिहार किसनगंजका १९ वर्षीय मो. जमिरुल र  ३ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित झापाको कन्काई नगरपालिका-३ का २६ वर्षीय सुभास बर्देवालाई नियन्त्रणमा लिएको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर