मिसेस धरान आइकोन एण्ड मिस धरान सुपर आइकोनको ग्रान्ड अडिसन सम्पन्न

समाचारदाता : गोपाल पौडेल 

२०८२ साउन ३१ गते ।

धराने मिडिया : एल.एन.सि मोडेल एजेन्सी प्रा.लि द्वारा आयोजित मिसेस धरान आइकोन सिजन -२ एण्ड मिस धरान सुपर आइकोन सिजन-१ को ग्रान्ड अडिसन सम्पन्न भएको छ।

श्रावन ३० गते शुक्रबार धरान-१०  स्थित दि धरान स्काई बारमा ग्रान्ड अडिसन सम्पन्न भएको थियो ।

अडिसनमा मिसेस तर्फ विवाहित, डिभ्रोस र एक्कल महिलाको सहभागी र उमेर २० देखि ४५ वर्ष मापदण्ड राखिएको थियो भने मिस तर्फ अविवाहित महिलाहरु रहेका थिए र सोही अनुसार अडिसनमा सहभागी भएका थिए।

WhatsApp Image 2025-08-16 at 1.32.25 PM (11)WhatsApp Image 2025-08-16 at 1.32.25 PM (10)WhatsApp Image 2025-08-16 at 1.32.25 PM (8)

कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले शुभकामना दिदै आयोजक टोलिलाई धन्यवाद दिएका थिए। यस्ता कार्यक्रमले महिलाहरुको क्षमता वृद्धि हुने उनले बताएका थिए।

अडिसनमा सहभागीहरुले नित्य, गाना र विभिन्न अन्य आफ्ना कलाहरु प्रस्तुत गरेका थिए। हरेक सहभागी प्रतियोगीलाई १ देखि २ मिनेट समय उपलब्ध गराइएको थियो। यस समयमा उनिहरुले आफ्नो परिचय र निर्णायकहरुको सोधिएको प्रश्नको उत्तर दिएका थिए।

WhatsApp Image 2025-08-16 at 1.32.25 PM (7)WhatsApp Image 2025-08-16 at 1.32.25 PM (6)WhatsApp Image 2025-08-16 at 1.32.25 PM (9)

त्यस्तै गरि कार्यक्रममा शुभकामना मन्तव्य दिदै एल एन सि मोडेल एजेन्सी प्रा.लि का सि.ई.ओ दिपक गिरिले उक्त कार्यक्रम समापन गरेका थिए।

कार्यक्रम राहिलले संचालन गरेका थिए भने निर्णायकमा कोशी प्रदेश खेलकुद बोर्ड सदस्य, जुडो प्रशिक्षक तथा रेफ्रि मिसेस स्टेट रनर अप श्रीमती रोशनि राई, मिस नेपाल आइड्ल २०१८ मिस मेरिना तुम्सा लिम्बु र मिस लिम्बु नेपाल मिस चामिङ मिसेस कुन्नि लिम्बु रहेका थिए ।

WhatsApp Image 2025-08-16 at 1.32.25 PM (1)WhatsApp Image 2025-08-16 at 1.32.25 PMWhatsApp Image 2025-08-16 at 1.32.25 PM (3)WhatsApp Image 2025-08-16 at 1.32.25 PM (5)WhatsApp Image 2025-08-16 at 1.32.25 PM (2)WhatsApp Image 2025-08-16 at 1.32.25 PM (4)