धरानमा स्कुल सिङ्गिङ च्यालेन्जको पहिलो अडिसन सम्पन्न, ३७ जना दोस्रो चरणमा
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन ३१ गते ।
धराने मिडिया : धरान स्कुल सिङ्गिङ च्यालेन्ज-२०८२ (Season-2) को पहिलो अडिसन शुक्रबार धरान-८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ।
याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा ७७ सहभागीमध्ये ३७ जनाले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन्
प्रतियोगितामा धरान उप-महानगरपालिका भित्रका सामुदायिक र निजी गरी २८ विद्यालयका कक्षा १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।
दोस्रो चरणमा छनोट भएकामध्ये पब्लिक हाईस्कुलकी खान्नुमा राई, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर र गुरास बराईली, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, स्नेहा ल्वागुन, सुस्मिन श्रेष्ठ र सफिरा लिम्बु छन्।
त्यस्तै मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ, हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा, कार्मेल हाईस्कुलका सुहाङ लिम्बु, लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशि भुजेल र काजोल राई पनि छनोट भएका छन्।
पञ्चकन्या माध्यमिक विद्यालयका सागर राई, बिजयपुर सेकेन्डरी स्कुलका बिबेक बिशुन्खे, सहिल श्रेष्ठ र मेलिसा बराईली, जेम सेकेन्डरी स्कुलकी जेनिसा राई, प्रिन्स राई र प्राप्ति बिक पनि दोस्रो चरणमा पुगेका छन्।
सहिद स्मृति माध्यमिक विद्यालयका सोहन बराईली, बिशोक तामाङ, बबिता बिक र समुयल सिवा, जेनिथ इङ्लिस बोर्डिङ स्कुलका इस्मान गजमेर र रिजोई लिम्बु, सुनाखरी एकेडेमीका सुमित दर्जी, अर्मोन श्रेष्ठ र मेडिया लिम्बु पनि छनोट भएका छन्।
त्यस्तै शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कुलकी सेस्मा लिम्बु र अभिषेक बराईली, किरातेश्वर माध्यमिक विद्यालयकी समिक्षा बिक, भानु स्मृति माध्यमिक विद्यालयका प्रबिन गहतराज, शारदा बालिका नमुना माध्यमिक विद्यालयकी पुजा राई, पब्लिक माध्यमिक विद्यालय (फुस्रे) का ह्यापिसन लिम्बु, पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका महेस रनपाल र डिपोट सेकेन्डरी स्कुलकी नायुमा राई र प्रज्ञा राई पनि दोस्रो चरणमा चयन भएका छन्।
प्रतियोगिताका निर्णायकमा गायक प्राशान्त शर्मा र गायक तथा संगीत प्रशिक्षक बिनायक राई थिए।
आयोजक प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीका अनुसार गायनमा रुचि राख्ने विद्यार्थीलाई उचित मंच प्रदान गर्दै प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।
बिजेताले नगद रु.२५ हजार, फर्स्ट रनरअपले रु.१५ हजार, सेकेन्ड रनरअपले रु.७ हजार र थर्ड रनरअपले रु.३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।
दोस्रो चरणको प्रतिस्पर्धा आगामी भदौ ७ गते शनिबार सहिद स्मृति माध्यमिक विद्यालयमा हुनेछ।