झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल 

२०८२ भदौ ०२ गते । 

धराने मिडिया : झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन ३१ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३१ ग्राम ६ सय ९६ मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न सिन्धुपाल्चोक जुगल गाउँपालिका- २ का २४ बर्षीय रामहरी सिलवाल, २३ बर्षीय सुरेन्द्र सिलवाल र मेचिनगर- १० का २८ बर्षीय सुरेश गुरुङलाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाले १४ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा- ६ मोरङका ३७ बर्षीय रोशन खड्का, ३२ बर्षीय लाल बहादुर बि.क., धादिङ थाक्रेका ३१ बर्षीय कुमार बिडारी र  दोलखाका ३३ बर्षीय राम आछामेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर