धरानमा भारतका कथाकली नृत्यको प्रर्दशण

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ ०३ गते । 

धराने मिडिया : भारतीय राजदुतावास पेन्शन वितरण कार्यालय धरानले १९ अगष्ट २०२५ मंगलवारको सांझ पी पी ओ धरानको प्राङ्गणमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय राजदूतावास काठमाडौंद्वारा सांस्कृतिक सम्पदाको धनी भारतका चर्चित कथाकली नृत्यको आयोजना गरेको छ।

भारतीय राजदुतावासद्वारा आयोजना गरेको उक्त सांस्कृतिक नृत्य कार्यक्रममा दुवै देशको राष्ट्र गानका साथ विषेश अतिथिगण प्रदेश सभासत श्री बिजय कुमार राई र रमेश कुमार बस्नेतद्वारा दिप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरिएको थियो ।

उक्त सांस्कृतिक नृत्य कार्यक्रमलाई भारतीय राजदुतावास पेन्शन वितरण कार्यालय धरानका कार्यबाहक अधिकारी मेजर शम्मि सुवर्णले सम्बोधन गरेका थियो।

WhatsApp Image 2025-08-19 at 10.13.29 PM (2)

कुनै पनि देशको सांस्कृतिक नृत्य कलालाई सभ्यता, संस्कृती, सामाजिक पराम्परा, माया र सदभावको दृष्टिकोणले हेरिने भएको हुनाले सो सांस्कृतिक नृत्य कार्यक्रममा विषेश अतिथिगण साथै जनसमुदायहरुको उपस्थिति रहेको थियो।

शास्त्रीय नृत्य कथाकली केरल राज्यको दक्षिणी हिस्साबाट आएको एक शक्तिशाली र दृष्टिक्षणत्मक नृत्य नाटय रुप भएको र ३०० वर्ष पुरानो इतिहास भएको यो कला, साहित्य, संगीत, चित्रकला, अभिनय र नृत्यको सुन्दर संयोजन हो ।

WhatsApp Image 2025-08-19 at 10.13.29 PM

विष्तृत पोशाक, चम्किला अनुहारमेकअप, सांकेतिक हातको मुद«ा, लयबद्धचालले कथाकली केवल प्रस्तुतिकरण मात्र नभई महाभारत, रामायण लगायतका महाकाव्यहरुबाट गहिरो कथाहरु भाषा र समय सीमालाई पार गरेर दर्शकसम्म पु¥याउने आध्यात्मिक र सौन्दर्यात्मक यात्रा हो ।

शास्त्रीय नृत्य कथाकली श्री एन रामनकट्टी र उहाको प्रतिभाशाली टोलीद्वारा प्रस्तुत गरिएको यो पवित्र कला र प्रस्तुतीलाई हेर्न पाउनु गर्वको कुरा हो ।

यस पथमा उहाहरुको जीवन समर्पण सम्मानयोग्य छ । उहाहरुको उपस्थितिले कलाले नै मानवता,संस्कृत र अध्यात्मबीचको पुलको काम गर्छ भन्ने सन्देश दिएका थिए जो नृत्यले सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।

WhatsApp Image 2025-08-19 at 10.13.29 PM (4)

उक्त सांस्कृतिक नृत्य कार्यक्रममा नेपाल सरकारका विषेश पदाधिकारीज्युहरु, भारतीय भूत पूर्व सैनिक तथा तिनका आश्रितहरु, बि पी के आई एच एसका रेक्टर प्रोफेसर डक्टरहरु, उध्योग वाणिज्य संघ धरानका अध्यक्ष्य, व्यापारी वर्ग, राजनितीज्ञ्य साथै स्थानीय बुध्दीजिवीहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमको अन्तमा आफनो बहुमुल्य समय निकाली पाल्नु भएका विषेश अतिथिहरुमा पेन्शन वितरण कार्यालय धरानका कार्यबाहक अधिकारी मेजर शम्मि सुवणज्युले धन्यवाद मन्तव्य दिनुभएको थियो ।

WhatsApp Image 2025-08-19 at 10.13.29 PM (3)