धरान र ओखलढुंगाबाट प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८२ भदौ ०५ गते ।

धराने मिडिया : सुनसरी र ओखलढुंगाबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरिएको छ ।

भदौ ४ गते बेलुका सुनसरीको धरान उपमहानगरपालिका १५ कस्तुरी मार्ग स्थितबाट अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका १९ बर्षीय सुनिल मगरलाई प्रतिबन्धित औषधी Tramadol-२०० र Dicolic-२०० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

यसैगरी भदौ ४ गते बेलुका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गाको सिद्विचरण नगरपालिका ११ मिलनचौक स्थितबाट सोही नगरपालिका १२ का २६ बर्षीय सागर के.सी. र ९ का  २६ बर्षीय चुरेन्द्र खड्कालाई प्रतिबन्धित औषधी Tramadol -९१ ट्याब्लेट सहित पक्राउ गरिएको हो।

पक्राउ परेका तिनै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर