भदौ ०६ : माग्ने राजा र जनै हराएको मान्छे, धरानमा यस्तो छ समय तालिका
समाचारदाता : गोपाल पौडेल


२०८२ भदौ ०६ गते ।
धराने मिडिया : भदौ ६ गतेबाट चलचित्र "माग्ने राजा" र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ एकै साथ प्रदर्शनमा आउदै छन।
माग्ने राजा चलचित्र अभिनेता केदार घिमिरेको शीर्ष भूमिका रहेको पहिलो फिल्म हो । यस चलचित्रमा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, शारदा गिरी लगायतको अभिनय छ । मुनाल घिमिरेले निर्माण गरेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।
त्यस्तैगरी चलचित्र जनै हराएको मान्छेमा विजय बराल, केकी अधिकारी र मिरुना मगर, अलवा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ । चलचित्र हिमाल न्यौपाने निर्देशित फिल्मलाई काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो ।
अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।
धरानमा चलचित्रको समय तालिका
धरानमा हाल संचालनमा रहेको एक मात्र सिनेमा हलमा फ्रेन्ड सिनेमामा आज पहिलो दिन चलचित्र माग्ने राजाले तिन शो पाएको छ भने चलचित्र जनै हराएको मान्छे : सम्बन्धका धागाहरूले दुई शो पाएको छ।
चलचित्र माग्ने राजाले बिहान ८ बजे, दिउसो ४ बजे र राति ९:१५ बजेको समय पाएको छ भने चलचित्र जनै हराएको मान्छे : सम्बन्धका धागाहरूले दिउसो १:१५ र साझको ६:४५ को समय प्राप्त गरेको छ।