विद्यार्थी सवार भ्यान दुर्घटना, सात जना घाइते

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ ०६ गते ।

धराने मिडिया : बागलुङको गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्रि सडकमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

घाइते हुनेमा भ्यान चालक २५ वर्षीय मोहन सिंह सुनार, १८ वर्षीया सुस्मीता विक, १८ वर्षीया प्रमिला विक, १८ वर्षीय जिवन खत्री, १८ वर्षीया मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा छन्। 

गलकोट बहुमुखी क्याम्पसको ग १ झ ७४३ नम्बरको भ्यान हरिचौरबाट हटिया जाँदै गर्दा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोट बागलुङले जनाएको छ ।

घाइते सबै विद्यार्थीलाई उपचारका लागि गलकोट नगर अस्पताल बागलुङ पठाइएको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।