जुनियर मिस्टर एण्ड मिस धरान आइडल टिमद्वारा धराने बेसार प्रचार प्रसारमा सहयोग
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ ०९ गते ।
धराने मिडिया : होप धरानद्वारा आयोजित जुनियर मिस्टर एण्ड मिस धरान आइडलको टिमद्वारा धराने बेसार प्रचार प्रसारमा सहयोग दिएका छन।

गत आइतबार धरान-१८ स्थित ट्रस अर्गानिक ग्रिन टि मा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क राज राई (साम्पाङ) प्रतियोगितामा सहभागी ३० जना बालबालिका प्रतिश्पर्धिहरुले धरानमा उत्पादन सुरु भएको धराने बेसार सहितको फोटोशुट गरेको ब्यानर टिमले हस्तान्तरण गरेका थिए।
उक्त फोटोशुट गरेको ब्यानर धरान-१८ स्थित "माया धराने" बेसारको कार्यलयमा राखिने प्रमुख साम्पाङले जानकारी दिएका थिए।

हस्तान्तरण कार्यक्रममा प्रमुख साम्पाङले बेसार उद्योग कृषकहरुलाई आर्थिक लाभ दिने उद्देश्यले संचालनमा ल्याएको बताएका थिए। अन्त्यमा उनले सम्पुर्ण होप धरानका टिममा धन्यवाद दिदै प्रतियोगितामा सहभागी ३० जना बालबालिका प्रतिश्पर्धिहरु शुभकामना व्यक्त गरेका थिए।
विगत लामो समय देखि धरानमा सामाजिक सेवा गर्दै आएको होप धरानले धरानमै उत्पादन भएको बेसारलाई अन्तराष्ट्रिय प्रचार पुग्ने उद्देश्यले उक्त कार्य सुरु गरेको संस्थाका अध्यक्ष निश्चल पलिखेले जानकारी दिएका थिए।
बालबालिकाहरुको क्षमता अभिवृद्धि तथा प्रदर्शन गर्ने उद्धेश्यले होप धरानको आयोजनामा हुदैँ गरेको जुनियर मिस्टर एण्ड मिस धरान आइडलको सहभागिहरुलाई कोरियोग्रफर उमेश खड्काले प्रशिक्षण गराइरहेका छन ।
प्रतियोगिताको ग्राण्ड फिनाले यहि भदौँ १३ गते धरान-१८ स्थित विपि स्वास्था विज्ञान प्रतिष्ठानको दसेरा हलमा हुनेछ।