स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २४ गते ।

धराने मिडिया : स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् ।

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचा भएको थियो।