भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २७ गते ।
धराने मिडिया : धरान उपमहानगरपालिका १० स्थित पुतली लाइनमा रहेको भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला परेको छ ।
आगो नियन्त्रणमा आएपछि शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको टोलीले खोजी गर्दा दोस्रो तलामा एउटा शव जलेर खरानी भएको अवस्थामा भेटिएको हो ।
उक्त शवलाई प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टम गर्न लगेको प्रहरीले जनाएको छ ।
मंगलबार राती तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र कम्तीमा ३ जना फसेको बताइएको छ ।
जेन–जी आन्दोलन को दोस्रो दिन मंगलबार अराजक समूहले भाटभटेनीमा तोडफोड, लुटपाट गरी आगजनी गरेका थिए ।