धरानको भाटभटेनीमा चार जनाको जलेर मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २७ गते ।

धराने मिडिया : धरान उपमहानगरपालिका १० स्थित पुतली लाइनमा रहेको भाटभटेनीभित्र भदौ २४ गते भएको आगजनीमा संलग्न चार जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार उनीहरू सबै आगजनीका लागि भित्र पसेका थिए।

आगो नियन्त्रणमा आएपछि शुक्रबार जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको टोलीले खोजी गर्दा चार जनाको शव जलेर खरानी भएको अवस्थामा भेटिएको हो ।

तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्रबहादुर खड्काले बताए।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

WhatsApp Image 2025-09-10 at 2.20.44 PM (5)WhatsApp Image 2025-09-10 at 2.20.44 PM (3)WhatsApp Image 2025-09-10 at 2.21.44 PM (1)