फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन घोषणा

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २८ गते ।

धराने मिडिया : फागुन २१ गतेका लागि नयाँ प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।

प्रतिनिधिसभा विघटन भएसँगै नयाँ निर्वाचन मिति पनि तोकिएको हो।

शुक्रबार अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी थिइन। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराएका थिए।

उनि नेपालको प्रथम महिला प्रधानमन्त्री नियुक्त भएकी हुन। उनि नेपालको न्यायिक इतिहासमै पहिलोपटक महिला प्रधानन्यायाधीश समेत बनेकी थिइन् ।

कार्की नेतृत्वको सरकारलाई छ महिनाभित्र निर्वाचन गर्ने कार्यादेश तोकिएको थियो।

Sushila Karki (3)