धरानको सर्दु खोलामा भेटिएको शवको पहिचान खुल्यो
समाचारदाता : गोपाल पौडेल
२०८२ भदौ २९ गते ।
धराने मिडिया : धरानको वडा नं ११ र २० को सिमाना भएर बग्ने सर्दु खोलामा भेटिएको शवको पहिचान खुलेको छ।
मृतक धरान वडा नं १७ उज्वल मार्ग निवासी युवा तुफान सुनुवार भएको वडाअध्यक्ष मनोज भट्टराईले जानकारी दिएका छन ।
मृतकका छिमेकीका अनुसार झुम्का कारागारबाट मागेका कैदी साथीलाई वडा नं २० स्थित चिण्डे डाँडा पुर्याउन मृतक सुनुवार घरबाट हिडेको खुलेको छ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले मृतकको मुचुल्का गरेर पोष्टमार्टमको लागि लगेको बताएका छन।
गत शनिवार धरान खोलाले बगाएर ल्याएको अवस्थामा शव भेटिएको थियो। स्थानीयले शव देखेपछि जनप्रतिनिधिहरुलाई खबर गरेका थिए ।



















