चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २९ गते ।
धराने मिडिया : काठमाडौंको चुच्चेपाटी भाटभटेनीमा ६ वटा शव जलेको अवस्थामा भेटिएको छ ।

जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन।
उक्त शवलाई प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टम गर्न लगेको जनाएको छ ।

जेन–जी आन्दोलन को दोस्रो दिन मंगलबार अराजक समूहले भाटभटेनीमा तोडफोड, लुटपाट गरी आगजनी गरेका थिए ।
अहिलेसम्म देशभर ५८ जनाको मृत्यु भएको बताइएको छ ।