कुलमान घिसिङ ऊर्जा मन्त्रीमा पक्का

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ ३० गते ।

धराने मिडिया : अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको स्रोत बताएको छ।

उनि सगै अर्थ मन्त्रीमा रामेश्वर खनाल र गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुंगो लागेको हो ।

मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो ।

जेन-जी आन्दोलनको दबाबपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।