असोज १ गते शोक बिदा
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ ३१ गते ।
धराने मिडिया : सरकारले असोज १ गते (बुधबार) शोक दिवस मनाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा शोक दिवक मनाउने निर्णय गरेको गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन।
ज्यान गुमाउनेहरूका परिवारलाई यसअघिदेखि नै दिँदै आएको १० लाख र अन्य खर्चवापत ५ गरी १५ लाख दिने निर्णय भएको अर्यालले जानकारी दिए।

यसैगरी बैठकले सो दिन राष्ट्रिय झण्डा आधा झुकाउने, जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, सहिदको सम्झनामा जेनजी पार्क बनाउने, सहिदहरुको राष्ट्रिय झण्डा आढाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।