८२ वर्षीय पूर्ण शंकर राईको घाँस काट्ने क्रममा मृत्यु
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ ३१ गते ।
धराने मिडिया : धरान-१७ पटनाली बस्ने ८२ वर्षीय पूर्ण शंकर राईको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार बिहान बेलपानी जंगलमा करमको रुख चढेर घाँस काट्ने क्रममा उनी लडेका थिए।
शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ।

घटना बारे प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।