तोडफोड, आगजनी र लुटपाट गर्ने अराजक समुहविरुद्ध जाहेरी

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज १ गते ।

धराने मिडिया : जेन्जी आन्दोलनको नाममा धरान ८ स्थित होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाट गर्ने अराजक समुहविरुद्ध पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले जाहेरी दिएका छन् ।

धरानमा गठन भएको सर्वपक्षीय नागरिक बचाउ अभिायन, राजनैतिक दलका नेता, पुर्व एवं वर्तमान जनप्रतिनिधिहरुसहितको उपस्थितिमा मेन्याङ्बोले प्रहरीमा जाहेरी दिएका हुन् ।

किटानी जाहेरीमा उल्लेख गरिएका नामहरू सार्वजनिक गरिएको छैन ।

मेन्याङबोका अनुसार तोडफोड आगजनीमा संलग्न २ जना हिजो सोमवार आत्मसमर्पण गर्दै आएका थिए, उनीहरूलाई इलाका प्रहरीको जिम्मा लगाइएको छ । तर उनीहरूको नाम पनि सार्वजनिक गरिएको छैन ।

548621703_4092994350923551_3374674483136720202_n (1) (1) (1)

यो संगै धरानमा भाटभाटेनी सुपर मार्केट, एमाले पार्टी कार्यलय, कांग्रेस पार्टी कार्यलय, कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाको निजि निवास, पूर्व सांसद जय राई निजि निवास, पूर्व उपमेयर मञ्जु भण्डारी निजि निवास, पूर्व मेयर मनोज मेन्याङवो निजि निवास, नगर कार्यपालिका सदस्य सृजना नेपाल निजि निवास, १६ नं. वडा अध्यक्ष मुरारी भट्टराई निजि निवासमा समेत तोडफोड र आगजनी जस्ता अवञ्चित कार्य भएका थिए ।