निकै लामो छलफलपछि धरानको १७ औं नगरसभको मिति टुग्गो लाग्यो
समाचारदाता : गोपाल पौडेल

२०८२ असोज ०३ गते ।
धराने मिडिया : विभिन्न कारणले हुन नसकेको धरान उपमहानगरपालिकाको १७ औँ नगर साधरण सभा बल्ल टुग्गो लागेको छ।

असोज ०२ गते बिहिबार बसेको नगर कार्यपालिकाको बैठकमा १७ औं नगर सभको मिति टुग्गो लागेको हो ।
यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएपनि जेनजी आन्दोलनको क्रममा धरानमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नगरसभा अन्योलपुर्ण बनेको थियो ।

चालु आर्थिक वर्ष २०८२/०८३ उपमहानगरपालिकाले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको अनुमानित बजेट तयार गरेको छ ।
बजेट गत आर्थिक वर्ष ०८१/०८२ को भन्दा ३१ करोड ३१ लाख १० हजार ७ सय २० बढी अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट कुल एक अर्ब ८९ करोड ४३ लाख ४८ हजार दुई सय ८० रुपैयाँको थियो ।
कानुन अनुसार असार १० गते प्रस्तुत गर्नु पर्ने बजेट नीति तथा कार्यक्रम २ महिना पछि हुने भएको हो ।