"माइतीघर" को ट्रेलर सार्वजनिक
समाचारदाता : गोपाल पौडेल

२०८२ असोज ०३ गते ।
धराने मिडिया : दसैंको फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'माइतीघर' को ट्रेलर सार्वजनिक भएको छ।

प्रकाश सपुत र उपासना सिंह ठकुरीबीचको प्रेममा धिरज मगरको प्रवेशपश्चात आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ। केदार घिमिरेको भूमिका रमाइलो रहेको उनका संवादबाट बुझन् सकिन्छ।
तामाङ समुदायको कथा भएपनि यो फिल्मको छायांकन म्याग्दीको ताकममा गरिएको हो ।

मिलन तामाङ निर्देशित फिल्म रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
चलचित्रमा केदार, धिरज, प्रकाश, उपासनाको अलवा श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारको अभिनय छ ।