असोज १३ मा समीर भट्ट र सौगात मल्ल एकै साथ
समाचारदाता : गोपाल पौडेल

२०८२ असोज ०७ गते ।
धराने मिडिया : हुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’ को ट्रेलर सार्वजनिक भएसगै चलचित्रले चर्चा बटुल्न सुरु गरेको छ। चलचित्रले यसअघि पोस्टर, प्रि–टिजर, टिजर र गीत सार्वजनिक गरिसकेको थियो।

चलचित्रको ट्रेलरमा समीर भट्ट र सौगात मल्ल बीचको द्वन्द्व दृश्य विशेषरूपमा प्रस्तुत गरिएको छ । त्यस्तै ट्रेलरमा अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देख्न सकिन्छ ।
चलचित्र ‘बलिदान’ ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत–३’का निर्देशक सन्तोष सेनले निर्देशन गरेका हुन।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ ।
चलचित्र बडादसैँको फूलपातीको दिन (असोज १३ गते) प्रदर्शनमा आउने जनाइएको छ ।