आन्दोलनपछि प्रहरीको गतिविधिहरु बढ्यो, स्रोत नखुलेको अवैध रकम सहित पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज ०८ गते ।

धराने मिडिया : मोरङको विराटनगर महानगरपालिका- १७ स्थितबाट स्रोत नखुलेको अवैध रकम सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज ७ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको को. ३८ प. ५८५१ नम्बरको मोटरसाईकल चालक विराटनगर- १८ का ४१ बर्षीय बिरेन्द्र साहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैँया सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भईरहेको छ ।