नेपाली अलैँचीको निर्यात बढ्यो
समाचारदाता : गोपाल पौडेल

झापा, २०८२ असोज ०९ गते ।
धराने मिडिया : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो ।
नेपाली अलैंची कतार, चीन, भारत र युएई जाने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी नेपाली अलैंचीको बजार भारतले लिएको तथ्याङ्कले देखाएको छ।

मेची भन्सारबाट चालु आवको दुई महिनामा तीन अर्ब छ करोड ३७ लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।
निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८ दशमलव ३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५ दशमलव २० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५ दशमलव १० प्रतिशतले वृद्धि भएको छ ।