मागअनुसार संविधान संशोधन गर्नुपर्ने

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज १० गते ।

धराने मिडिया : प्रधानमन्त्री शुशीला कार्कीले जेनजी युवापुस्ताले माग गरेअनुसार संविधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

उनले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्र भित्र नभएको पनि बताइन ।

राष्ट्रको नाममा बिहीबार पहिलो सम्बोधन गर्दै उनले अहिलेको अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेड प्राप्त भएको भन्दै निर्वाचनपछि संविधान संशोधन सोही सरकारले गर्ने दाबी गरिन् । 

उनले अहिले प्रतिनिधिसभाको निर्वाचन हुने अनि उक्त निर्वाचनपछि बन्ने सरकारले प्रत्यक्ष कार्यकारीको लागि संविधान संशोधन गर्न सक्ने बताएकी हुन् ।