इलाका प्रहरी कार्यालय धरानमा नयाँ डिएसपीको स्वागत

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज १० गते ।

धराने मिडिया : इलाका प्रहरी कार्यालय धरानमा नयाँ डिएसपी भिषणबाबु राई आएका छन् । 

नयाँ डिएसपी राईलाई स्वागत गर्न धराना विभिन्न राजनैतिक दलका नेता, वडाअध्यक्षहरु र सामाजिक संघसंस्थाका प्रतिनिधिहरु इलाका प्रहरी कार्यालय पुगेका थिए ।

विगतमा धरान प्रहरीको प्रमुख चुनौतीमा लागुऔषध कारोबार र दुव्र्यसन नियन्त्रण गर्नु रहने गरेको थियो भने अहिले पटक पटक राजनैतिक दलका कार्यकर्ताहरु र मेयर हर्क राज राई(साम्पाङ)का समर्थकहरुबीच भिडन्तको अवस्था सृर्जना भएर शान्तिसुरक्षामा चुनौती बनेको छ ।

बिहिबार भक्तपुर सरुवा भएका इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुको विदाई भएका थिए।

WhatsApp Image 2025-09-25 at 6.13.48 PMWhatsApp Image 2025-09-25 at 6.13.49 PM