औषध गाँजा बोकेको कार नियन्त्रणमा, संलग्न व्यक्तिहरु को ?
समाचारदाता : गोपाल पौडेल

सुनसरी, २०८२ असोज १२ गते ।
धराने मिडिया : सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितबाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

असोज १० गते ०१:४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-५ स्थित सडक साईडमा वेवासिसे अवस्थामा रहेको BR11BR 7102 नम्बरको कारलाई संका लागी चेकजाँच गर्दा उक्त कार भित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज तलास भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर