भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८२ असोज १३ गते ।

धराने मिडिया : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले भदौ २८ गते विराटनगर महानगरपालिका-१५ स्थितबाट बन्दाकोपी बोकेको मे.१ च ५८२६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको २ सय ६२ किलो ५८० ग्राम गाँजा सहित संलग्न ३ जना मानिसलाई नियन्त्रणमा लिन सफल भएका थिए।

यसै गरी विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूबाट चोरी भएको Laptop-११ थान, मोटरसाइकल थान, अटो टेम्पो-३ थान, सिटी रिक्सा-१ थान, स्कुटर-४ थान, १२ भोल्टको ब्याट्री-१४ थान, Invertor-३ थान, सोफा- ४ थान, फ्रिज-२ थान, AC-१ थान, Electrical Oven-१ थान, Stand Fan-२ थान र इन्डक्सन चुलो-१ थान फेला पारी सम्बन्धित धनीलाई बुझाएको साथै विराटनगर महानगरपालिका-१३ र १५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरोसँगको समन्वयमा ३ सय ३७ ग्राम लागू औषध ब्राउनसुगर सहित कारोबारमा संलग्न ३ जनालाई नियन्त्रणमा लिन सफल भएको हुँदा निज प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।