चलचित्र "माइतीघर" बाट तामाङ समुदायको कथा 

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज १३ गते ।

धराने मिडिया : असोज १३ (आज) फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ दर्शकले रुचाएका छन ।

चलचित्रले माइतीघर र चेलीको सम्बन्धलाई जुन शैलीमा देखाएको छ, त्यसले दर्शकलाई आकर्षित गरेको हो। २ घण्टा ८ मिनेट लामो चलचित्रमा कमेडी, ड्रामा, एक्सनको मनोरञ्जन लिन सकिन्छ।

यो तामाङ समुदायको कथामा आधारित चलचित्र हो । तामाङ समुदायको कथा भएपनि यो चलचित्रको छायांकन म्याग्दीको ताकममा गरिएको छ।

रोहित अधिकारीको निर्माणमा मिलन तामाङको निर्देशन रहेको चलचित्रमा केदारप्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ ।

धरानमा संचालनमा रहेको एक मात्र सिनेमा हल फ्रेन्स सिनेमाले आज पहिलो दिन यस चलचित्रलाई जम्मा दुई शो दिएको थियो। चलचित्रले बिहान ९ः३० र दिउसो २ः३० बजेको शो प्राप्त गरेको थियो।

त्यस्तैगरि मंगलबार (भोलि) धरानमा यस चलचित्रले दुई शो प्राप्त गरेको छ (बिहान ९ः३० र दिउसो २ः३० बजे)।

चलचित्र हेर्न आउने लगभग सबै दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए। जस्का कारण भोलिदेखि "माउथ पब्लिसिटि" बाट शो विस्तार हुने आशा गरिएको छ।