धरान- १७ स्थित रेल्वेबाट प्रतिबन्धित औषधी सहित २३ बर्षीय युवा पक्राउ
समाचारदाता : गोपाल पौडेल
सुनसरी, २०८२ असोज १७ गते ।
धराने मिडिया : सुनसरीको धरान- १७ स्थितबाट प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज १५ गते अपरान्ह ४ बजे अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २३ बर्षीय बुद्व राईलाई ट्रामाडोल ९८ क्याप्सुल र डिकोलिक ९५ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर



















