ताप्लेजुङबाट धरान जाँदै गरेको बोलेरो दुर्घटना, ६ जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल

ताप्लेजुङ, २०८२ असोज १८ गते ।
धराने मिडिया : ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ साँवाबाट शनिबार बिहान धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी पाँचथरको तमोर करिडोरमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
घाइतेहरूको उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै गरेको धरान स्थित प्रहरी स्रोतले जनाएको।

बोरेलो सडकबाट पाँच सय मिटर तल झरेको थियो।